दैखको चामुण्डाबिन्द्रासैनी नगरपालिका-७ अन्तर्गत कर्णाली राजमार्गको साङ्गेतडा नजिक मिनीबस कर्णाली नदीमा खसेको छ। बसमा सवार एक यात्रुको शव भेटिएको छ भने खोजी कार्य जारी रहेको छ।
बिहीबार दुर्घटनामा परेका एक युवक नदीको भिरमा अड्किएको अवस्थामा शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। भिरमा अड्किएको अवस्थामा एक जनाको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उयनको पहिचान खुलेको छैन।

बिहीबार बिहान साढे ११ बजेको समयमा सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी सडकबाट करिब चार-पाँच सय मिटर तल कर्णाली नदीमा खसेको छ।
जिल्ला प्रहरी कार्यालय, दैलेखका अनुसार घटनास्थलमा प्रहरी नायब उपरीक्षक डीएसपीको नेतृत्वमा ३५ जनाको टोली उद्धार सामग्रीसहित परिचालन गरिएको छ। दुर्घटनास्थल दैलेखबाट सदरमुकामबाट करिब ५० किलोमिटर पश्चिममा पर्छ।

दुर्घटनापछि उद्धारका लागि सशस्त्र प्रहरी बल, नेपाल गुल्म दैलेख, माथिल्लो कर्णाली जलबिद्युत आयोजना सुरक्षा बेश र प्रहरी चौकी पाल्तडाबाट पनि उद्धार टोली खटिएको छ। दुर्घटनाको विस्तृत विवरण, गाडीका सवार यात्रुको संख्या लगायत विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Shares

प्रतिक्रिया