समाज


ब्राजिलको जेलभित्रै सामूहिक भिडन्त, ५७ जना कैदीको मृत्यु

ब्राजिलको जेलभित्रै सामूहिक भिडन्त, ५७ जना कैदीको मृत्यु

नेपालखबर
साउन १४, २०७६ मंगलबार ७:१,

यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ।

यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन्।

पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ।

स्थानीय समयानुसार सोमबार बिहान करिब ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन्।
हिंसा भड्किएको अल्टामिराको जेलमा १ सय ६३ जना कैदी मात्र रहने क्षमताको रहेको, तर सो जेलमा ३ सय ४३ भन्दा बढी कैदीहरु रहेका थिए। ब्राजिल सरकारले ४६ जना कैदीलाई तत्काल जेलबाट सार्न आदेश दिएको छ।

ब्राजिलका जेलहरुमा करिब सात लाख बन्दीहरु रहेका छन्। विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो। त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ।

गत मे महिनामा एकै दिन चार फरक फरक कारागारमा ४० जना कैदी मारिएका थिए। सिन्ह्वा

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad