ad ad

समाज


कतार पुलिसमा रोजगारी दिने भनी विना स्वीकृति अन्तर्वार्ता लिएको ठाउँमा विभागको छापा

कतार पुलिसमा रोजगारी दिने भनी विना स्वीकृति अन्तर्वार्ता लिएको ठाउँमा विभागको छापा

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ९:३८,

कतार पुलिसमा रोजगारीका लागि भन्दै एउटा कम्पनीका कर्मचारीहरुले अबैधानिकरुपमा अन्तर्वार्ता लिइरहेको पाइएपछि वैदेशिक रोजगार विभागले छापा मारेको छ।

लाजिम्पाटमा रहेको होप इन्टरनेशनल म्यानपावर कम्पनीले कतार पुलिसमा रोजगारीमा पठाउने भन्दै युवाहरुसँग अन्तर्वार्ता लिइरहेको जानकारी आएपछि छापा मारिएको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागको टोलीले अन्तर्वार्तास्थलबाट १६ वटा फर्म तथा अन्य कागजातहरु नियन्त्रणमा लिएको छ।

विभागले म्यानपावर सञ्चालक प्रभाकर राणालाई २४ घण्टाभित्रमा यस विषयमा प्रस्ट जानकारीसहित उपस्थित हुन पत्र काटेको छ।

कतारस्थित आन्तरिक मन्त्रालयका चार जना कर्मचारी समेत त्यहाँ रहेको पाइएको छ। यस्तै अन्तर्वार्तास्थलमा नेपालस्थित कतार दूतावासको गाडी समेत फेला परेको छ।

Manpower agency chhapa CDVehicle

वैदेशिक रोजगारीमा पठाउनु पहिले वैदेशिक रोजगार विभागबाट पूर्वस्वीकृति लिनुपर्छ। तर उक्त म्यानपावर कम्पनीले भने स्वीकृति लिएको छैन।

यसअघि सोमबार पनि दुई म्यानपावर कम्पनीमा विभागले छापा मारेर अन्तर्वार्ता रोकेको थियो।

धापासीमा रहेको एसओएस म्यानपावर सर्भिस प्रा.लि. र गौरीघाटमा रहेको डीडी ह्युमन रिसोर्स प्रा.ली.मा कतार पुलिसको लागि अन्तर्वार्ता लिईरहेको अवस्थामा छापा मारेको थियो।

डीडी ह्युमनले मिनिस्टरी अफ इन्टेरियर ह्युमन रिसोर्स डिर्पाटमेण्ट कतारमा सुरक्षा गार्डको रुपमा पठाउने भन्दै प्रि अन्तरवार्ता लिइरहेको थियो।

अन्तर्वार्तास्थलमा सयौं युवाहरु भेला भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .