ad ad

कारोबार


सेयरबजारमा एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए?

सेयरबजारमा एनआईसी एसिया बैंकको सर्वाधिक कारोबार, कुन कम्पनीका लगानीकर्ताले कमाए?

नेपालखबर
मंसिर ९, २०७७ मंगलबार ९:४८,

सेयर बजारमा आज करिब साढे ५ अर्ब रुपैयाँको कारोबार भएको छ। नेप्से २९.६८ अंकले र सेन्सिटिभ सूचक ४.४२ अंकले बढेको हो।

साताको तेस्रो कारोबार दिन आज १ सय ९६ कम्पनीको १ करोड १७ लाख कित्ता सेयर बिक्री भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ।

नेप्सेका अनुसार ४९ हजार ७ सय ८३ पटक सेयर किनबेच भएको छ। उक्त खरिदबिक्रीसँगै ५ अर्ब ४४ करोडको सेयर कारोबार भएको हो।

आज होटल समूहबाहेक बाँकी ११ समूहको कारोबार सूचक हरियो छ। आज एनआईसी एसिया बैंकको ३७ करोडको सेयर किनबेच भएको छ। यो आजको सर्वाधिक कारोबार हो। त्यस्तै एनटीसीको २८ करोडको पुनर्बीमा कम्पनीको २५ करोडको, हिमालयन डिस्टिलरीको २० करोडको कारोबार भएको छ।

आजको किनबेचमा बोटलर्स नेपाल (तराई) लिमिटेड कम्पनीका लगानीकर्ताले कमाइ गरेका छन्। कम्पनीको सेयर ९.९९ प्रतितशले बढ्दा प्रतिकित्ता उनीहरुले ९ सय ४५ रुपैयाँ कमाएका हुन्। त्यस्तै, हिमालयन डिस्टिलरीको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढ्दा लगानीकर्ताले प्रतिकित्ता ३ सय ११ रुपैयाँ कमाएका छन्। त्यसपछि विशालबजार कम्पनीका लगानीकर्ताले प्रतिकित्ता ३२५, आँखुखोला जलविद्युत कम्पनी १२ रुपैयाँ र मल्टिपर्पस फिनान्सका लगानीकर्ताले प्रतिकित्ता १५ रुपैयाँ आम्दानी गरेका छन्।

त्यस्तै आजको कारोबारमा कम्पनीहरुले ३.२० प्रतिशतसम्म गमाउनुपरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .