काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
शुक्रबार अपरान्ह स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जनामा कोरोना पुष्टि भएको हो।
आज देशभरकमा प १ हजार ९४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १६ हजार ९६५ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २४ हजार ६६५ रहेको छ।
30
Shares

प्रतिक्रिया