समाज


रुपन्देहीमा चितुवाको छालासहित चार जना पक्राउ

रुपन्देहीमा चितुवाको छालासहित चार जना पक्राउ

प्रकाश न्यौपाने
मंसिर ५, २०७७ शुक्रबार १०:४३,

रुपन्देहीमा चितुवाको छालासहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार बिहान जिल्लाको बुटवल उपमहानगरपालिका–९ ईटाभट्टीलाइनमा रहेको होटल बिशाल एण्ड रेष्टुरेन्टबाट संरक्षित वन्यजन्तु चितुवाको छालासहित ४ जनालाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी खड्कबहादुर खत्रीले जानकारी दिए।

पक्राउ पर्नेमा गुल्मी दरबार गाउँपालिका वडा नं.४ का २२ वर्षीय बिमल मगर, सोही ठाउँका २४ वर्षीय संजीव पेमी र १८ वर्षीय विशाल राना छन्। यस्तै, बुटवल उपमहानगरपालिका वडा नं.७ का ३० वर्षीय विश्व भट्टराई छन्।

उनीहरुका साथबाट प्रहरीले ६ फिट लम्बाई र १ फिट ३ इन्च चौडाई भएको १ थान दुर्लभ संरक्षित वन्यजन्तु चितुवाको छाला बरामद गरेको जनाएको छ।

चितुवाको छालाको कारोबार भइरहेको छ भन्ने सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय, बुटवलबाट खटिएको संयुक्त प्रहरी टोलीले बिशाल होटलमा गई खानतलासी गरेको थियो। खानतलासी गर्ने क्रममा होटलको १०२ नं कोठामा बसेका चार जनाको साथबाट छाला बरामद भएको थियो।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय भैरहवा बुझाइएको डीएसपी खड्काले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad