सिराहा जिल्लाको मिर्चैया नगरपालिका–८ भगवतपुरस्थित फुलवरिया–भगवतपुर भित्री सडकखण्डमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।
बाप्र ०१–०३२ च ८९७१ नम्बरको ईभी कार विद्युत् पोलमा ठोक्किएर अनियन्त्रित भई सडक छेउको नालामा खसेपछी कार चालकले प्र.२–०४–००१ च ००३३ नम्बरको सेतो बोलेरो पिकअप बोलाएर भागेका थिए।
भाग्ने क्रममा सो गाडीले पाँच जना पैदल यात्रुलाई ठक्कर दिएको थियो।
घाइतेमध्ये सप्तरीको मिर्चैया नगरपालिका–८ भगवतपुर निवासी गुनाई ठाकुरको उपचारका क्रममा हमेश्वरी अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मिर्चैया नगरपालिका–८ भगवतपुर बस्ने वर्ष ३९ को रामपुकार ठाकुर, वर्ष१० को बालक, सोही ठाउँका ६ वर्षीय बालक सुमन शर्मा र मिर्चैया–६ बस्ने वर्ष ३२ की सुभली कुमारी यादव रहेका छन्।
घटनापश्चात फरार रहेका बोलेरो चालक मिर्चैया–८ निवासी २३ वर्षीय चन्दन रायलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
Shares

प्रतिक्रिया