समाज


नक्कली नोट छाप्दै गरेका तीन युवा पक्राउ

नक्कली नोट छाप्दै  गरेका तीन युवा पक्राउ

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ६:१८,

सिरहामा नक्कली नोट छाप्दै गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

गोलबजार नगरपालिका ६ स्थित गोलबजारबाट बिहीबार सशस्त्र प्रहरी (एपीएफ) टोलीले नक्कली नोट छाप्दै गरेका तीन जनालाई रंगेहात पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको कल्याणपुर नगरपालिका ७ बस्ने २४ वर्षीय विमलेन्द्र कुमार नायक, गोलबजार नगरपालिका १२ बस्ने २५ वर्षीय धिरज यादव र २० वर्षीय सन्जे राय छन्।

केही ब्यक्तिहरुले नक्कली नोट छापिरहेको भन्ने सूचनाको आधारमा पुगेको सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस गोलबजारबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरु सो ठाउँमा केही दिनअघि देखि मात्रै डेरा लिएर नक्कली नोट छाप्ने धन्दा चलाउँदै आएको प्रहरीले जनाएको छ।

प्रहरी टोलीले उनीहरुको साथबाट एक हजार दरको १०४ वटा नक्कली रुपैयाँ तथा छाप्दै गरेका एक हजार दरकै ५८० वटा नक्कली रुपैयाँ बरामद गरेको छ।

पक्राउ परेका तीनै जनालाई बरामद नक्कलीरुपैयाँ सहित आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको एपीएफले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad