समाज


बैंक जमानत रकम हिनामिना गरेको आरोपमा प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा

बैंक जमानत रकम हिनामिना गरेको आरोपमा प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा

नेपालखबर
असार १७, २०८३ बुधबार १६:४९, काठमाडौँ

खानेपानी आयोजना निर्माणका लागि निर्माण कम्पनीले बैंकमा राखेको जमानत हिनामिना गरेको आरोपमा निमित्त प्रशासकीय अधिकृत र ठेकेदारविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। 

बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओखलढुंगाको चम्पादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद सुवेदी र भक्तपुरको शिरिस कन्स्ट्रक्सनका सञ्चालक प्रकाश नाछिरिङ राईविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। उनीहरूले मिलेमतोमा बैंक जमानत रकम हिनामिना गरेको पाइएकाले भ्रष्टाचार मुद्दा दायर गरिएको अख्यिारका प्रवक्ता सुरेश न्यौपानले जानकारी दिए। 

विशेष अदालत, काठमाडौँमा दायर भएको आरोपपत्रमा दुवै जनाले मिलेर ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ स्थित पलापु खानेपानी आयोजनाको बैंक जमानत रकम १८ करोड ५० लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाइएको छ। 

चम्पादेवी गाउँपालिकाले २०७७ भदौ २६ गते शिरिस कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो। त्यसका लागि कम्पनीले १८ लाख ५० हजार बैंक जमानत राखेको थियो। 

तर, समयमा काम नगरेपछि गाउँपालिकाले २०७८ माघ २९ मा ठेक्का सम्झौता रद्द गरेको थियो। त्यसपछि बैंक जमानत जफत गर्नुपर्नेमा निर्माण व्यवसायीसँग मिलेर निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बैंक जमानतको म्याद सकिन दिएको अख्तियारको दाबी छ। 

म्याद सकिएपछि निर्माण कम्पनीले बैंक जमानत रकम फिर्ता लिएको छ। रकम फिर्ता लिएपछि मात्रै ठेक्का सम्झौता रद्द गर्ने र कम्पनीलाई कालोसूचीमा राख्ने निर्णयबारे पत्राचार गरिएको अख्तियारले जनाएको छ। 

यसरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुवेदी र निर्माण व्यवसायी राईले आफूलाई लाभ हुने गरी राज्यलाई हानी नोक्सानी पु¥याएको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले सोही बराबरको रकम असुल उपर गर्न बिगो दाबी गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad