काठमाडौँको नयाँ बसपार्कमा यात्रुलाई अनावश्यक हैरानी दिने २३ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ।
नयाँ बसपार्क क्षेत्रमा सार्वजनिक सवारीका यात्रुलाई तान्ने, झोला खोस्ने तथा अनावश्यक दुःख-हैरानी दिएको भन्ने जनगुनासोका आधारमा गरिएको अनुगमनका क्रममा उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
उनीहरूले प्रहरीलाई समेत अभद्र व्यवहार गरेपछि पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।
6
Shares

प्रतिक्रिया