पर्वतमा सामुदायिक वनबाट बेवारिसे अवस्थामा आठ थान भरुवा बन्दुक बरामद भएको छ।
मोदी गाउँपालिका–८ महकेस्थित लेते खोला ठाडो पाखा सामुदायिक वनबाट बेवारिसे अवस्थामा लुकाइ राखिएका आठ थान अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ।
वन क्षेत्रमा अवैध हातहतियार रहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा नाल र काठसहितका हतियार फेला पारेको हो।
बरामद भएका हातहतियार कसले त्यहाँ लुकाएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
3
Shares

प्रतिक्रिया