मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा शुक्रबार बिहान बस र ट्रक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
हेटौँडा–नारायणगढ सडकखण्डमा पर्ने नेवारपानीमा आज बिहान करिब २ बजे काठमाडौंबाट सर्लाहीतर्फ जाँदै गरेको ना ६ ख १०८५ नम्बरको रात्रि बस र हेटौँडाबाट नारायणगढतर्फ जाँदै गरेको ना २ ख ७५३८ नम्बरको डिब्बावाला ट्रक एकापसमा ठोक्किएका प्रहरीले जनाएको छ।
दुर्घटनामा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
उनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो। दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया