नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई थप पाँच दिन हिरासतमा राख्न विशेष अदालतले अनुमति दिएको छ।
विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधकार म्याद थपको आदेश दिएको हो।
पौडेलविरुद्ध आज चौथो पटक अदालतले म्याद थपको अनुमति दिएको हो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले एमाले उपाध्यक्ष पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो। उनीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान भइरहेको छ।
यसअघि पौडेलपत्नी दोमाया पौडेलले आफ्ना श्रीमान्लाई गैरकानुनी रूपमा थुनामा राखेको दाबी गर्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
सो रिट असार १८ गते खारेज भएको थियो।
यसअघि दीपक भट्टसहित ३९ जनालाई सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गर्दा अन्य व्यक्तिको संलग्नता बारे थप अनुसन्धान जारी रहेको भनिएको थियो।
‘दीपक भट्टको हित नियन्त्रणमा रहेको कम्पनी इनफिनिटी होल्डिङ प्रालिको १०० प्रतिशत लगानी रहेको हिमालयन एसेष्ट म्यानेजमेन्ट प्रालिले गरेको सम्बन्धमा वास्तविक स्वामित्वकर्ता र त्यसको अन्य व्यक्तिको संलग्नता सम्बन्धमा थप अनुसन्धान जारी राख्ने’, भन्ने समेत विषयलाई आधार बनाउँदै पौडेललाई पक्राउ गरिएको उल्लेख छ।
विष्णु पौडेलको घरबाट चेक र ल्यापटप बरामद
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरणको रिट सर्वोच्चले गर्यो खारेज
Shares

प्रतिक्रिया