राजनीति


नक्कली शरणार्थी प्रकरणमा १७ जना दोषी ठहर, ७ जनाले पाए सफाइ

नक्कली शरणार्थी प्रकरणमा १७ जना दोषी ठहर, ७ जनाले पाए सफाइ

नेपालखबर
असार २३, २०८३ मंगलबार २१:३०, काठमाडौँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौँले १७ जनालाई दोषी ठहर गरेको छ। ७ जनाले सफाइ पाएका छन्।

दोषी ठहर हुनेमा टोपबहादुर रायमाझी, बालकृष्ण खाँड, टेकनारायण पाण्डे, केशवप्रसाद दुलाल, सानु भण्डारी, सागर राई,  सन्देश शर्मा, डा। इन्द्रजीत राई, विक्रम भन्ने गोविन्दकुमार चौधरी, आङटावा शेर्पा, टेकनाथ रिजाल, नरेन्द्र केसी,  शमशेर मिँया, हरिभक्त महर्जन, निरन्जनकुमार खरेल, आङटावा शेर्पा र बेचन झा रहेका छन्।

सफाइ पाउनेमा भने रामशरण केसी, टंककुमार गुरुङ, सन्दीप रायमाझी, प्रतीक थापा, लक्ष्मी महर्जन, केशव तुलाधर र आशिष बुढाथोकी रहेका छन्।

यस प्रकरणमा अदालतले एमालेका नेता तथा पूर्वमन्त्री रायमाझी र कांग्रेस नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाँडलाई राज्यविरुद्धको कसुरमा दोषी ठहर गरेको छ। 

उनीहरूसँगै, पूर्व गृहसचिव टेकनारायण पाण्डे, कांग्रेस नेतृ सुजाता कोइरालाका तत्कालीन स्वकीय केशवप्रसाद दुलाल पनि राज्य विरुद्धको कसुरमा दोषी ठहर भएका छन्। 

त्यसै गरी सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजीत राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी, आङटावा शेर्पाले पनि शरणार्थी प्रकरणमा राज्य विरुद्धको कसूर तथा एकीकृत कसुर गरेको जिल्ला अदालतको फैसलामा उल्लेख छ। 

उनीहरूले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाई दिने भनी राज्य विरुद्धको कसुर गरेको ठहर भएको हो। 

त्यस्तै शरणार्थी नेता टेकनाथ रिजाल पनि दोषी ठहर भएका छन्। त्यसैगरी, उक्त प्रकरणमा प्रतिवादी बनाइएका नरेन्द्र केसी, शमशेर मिया, हरिभक्त महर्जन, निरञ्जन कुमार खरेलले राज्य विरुद्धको कसुरमा मतियार रहेको अदालतको फैसलामा उल्लेख छ।

लिखित कीर्तेको कसुरमा भने टेकनाथ रिजाल, केशवप्रसाद दुलाल र सानु भण्डारीलाई मात्रै दोषी ठहर गरेको छ। अरू सबैले यो कसुरमा भने सफाइ पाएका छन्। 

संगठित अपराधमा केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, डा. इन्द्रजित राई, गोबिन्द कुमार चौधरी, आङटावा शेर्पा, टेकनारायण पाण्डे र टोपबहादुर रायमाझीलाई प्रमुख कसुरदारका रुपमा दोषी ठहर गरेको छ।

यस्तै यो प्रकरणमा हाइप्रोफाइल सेटिङ मिलाएको आरोप लागेका बेचन झा ठगी कसुरमा दोषी ठहर भएका छन्। त्यसबाहेक झाले सरकारी लिखत कीर्ते, संगठित अपराध, राज्यविरुद्धको कसुर तथा एकीकृत कसुर गरेको भन्ने दाबी नपुगेको अदालतको फैसला छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad