समाज


चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीमा हुरीको पनि खतरा

काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छ कि छैन?
चार प्रदेशमा भारी वर्षाको सम्भावना, मधेस र लुम्बिनीमा हुरीको पनि खतरा

मुस्ताङको घरपझोङ गाउँपालिका-३ जोमसोम बजारनजिकै बुधबार बिहान देखिएको इन्द्रेणी। तस्बिरः सुशीलबाबु थकाली/रासस


नेपालखबर
असार २४, २०८३ बुधबार ८:३०, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार यतिबेला (बुधबार बिहान) देशभर साधारणतया बादल (आकाश कतै कतै मात्र खाली) लागेको छ। कोसी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

मौसविद्का अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा (पानी पार्ने प्रणाली) नेपालको पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमतर्फ सरदर स्थानआसपास छ।

मौसम महाशाखाले आज बिहान ८ बजे जारी वर्षाको प्रक्षेपण यस्तो छ:

दिउँसो : देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा, मधेस प्रदेश साथै  बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी प्रदेशका पहाडी र तराई भूभाग, बागमती र गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको पनि सम्भावना छ। 

राति : देशभर अधिकांश बादल लाग्नेछ। देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ। मधेस प्रदेश तथा कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थान, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभाग साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभाग तथा मधेस प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। मधेस प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भूभागका केही स्थानमा हुरीको सम्भावना छ।

काठमाडौँ उपत्यकामा ‘साधारणतया’ बादल, वर्षाको सम्भावना छ कि छैन?

काठमाडौँ उपत्यकाको आकाशमा यतिबेला (बुधबार बिहान ७:४५ बजे ) साधारणतया बादल लागेको छ। 

मौसविद्का अनुसार साधारणतया बादल लाग्नु भनेको धेरैजसो आकाश बादलले ढाकेको र कतै कतै घाम पनि देखिएको अवस्था हो। 

आज काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको मौसम महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिए। 

‘अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ, कतै छिटपुट पानी पर्‍यो भने बेग्लै कुरा’, उनले भने, ‘नत्र अपराह्न वा साँझपख वर्षा हुने सम्भावना बढी छ।’

उनले थपे, ‘केही घण्टापछि मौसम केही खुल्ने सम्भावना छ तर त्यसो भनेर पूरै छ्याङ हुने त होइन बादलसहितको घाम हुन्छ। तर अपराह्न ३ बजेपछि फेरि बादल बढ्दै गएर पानी पर्ने सम्भावना छ।’  

हल्का, मध्यम, भारी र धेरै भारी वर्षा भनेको के हो?

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने हल्का वर्षा, १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कम पानी पर्‍यो भने मध्यम वर्षा तथा ५० मिलिमिटरभन्दा धेरै तर १०० मिलिमिटरभन्दा कम वर्षा भयो भने भारी वर्षा भएको भनिन्छ।

यस्तै २४ घण्टामा १०० मिलिमिटरभन्दा धेरै तर २०० मिलिमिटरभन्दा कम पानी परेमा धेरै भारी तथा २०० मिलिमिटर भन्दा धेरै वर्षा भएमा अति भारी वर्षा भएको भनिन्छ।

एक-दुई स्थानकेही स्थानधेरै स्थान र अधिकांश स्थानमा वर्षा भन्नाले के बुझिन्छ?

मौसमविद्का अनुसार एक-दुई स्थानमा वर्षा हुने सम्भावना भन्नाले १० प्रतिशतभन्दा कम भूभागमा पानी पर्छ भनिएको हो।

अनि १० देखि ३० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘थोरै स्थान’मा वर्षा हुन्छ भनिन्छ।

यसैगरी ३० देखि ५० प्रतिशत भूभागमा पानी पर्ने सम्भावना हुँदा ‘केही स्थान’मा तथा ५० देखि ८० प्रतिशत भूभागमा वर्षा हुने सम्भावना हुँदा ‘धेरै स्थान’मा वर्षा हुने सम्भावना छ भनिन्छ।

अनि ८० प्रतिशतभन्दा बढी भूभागमा पानी पर्ने सम्भावना हुँदा मौसमविद्ले ‘अधिकांश स्थान’मा वर्षा हुने सम्भावना छ भन्छन्।

मौसमका लागि प्रयोग हुने शब्दावलीबारे विस्तृत जानकारीका लागि तलको तालिका हेर्नुहोस्

 

यो पनि : आज यी १० जिल्लामा छ बाढीको जोखिम

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad