समाज


जग्गा विवादमा २६ वर्षीय युवकले चक्कु प्रहार गर्दा ६० वर्षीय वृद्धको मृत्यु

जग्गा विवादमा २६ वर्षीय युवकले चक्कु प्रहार गर्दा ६० वर्षीय वृद्धको मृत्यु

नेपालखबर
असार २४, २०८३ बुधबार १२:४२, राैतहट

रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन साहको मृत्यु भएको छ।

औरैयास्थित ससुरा रामबहादुर साहको घरमा बस्दै आएका ईशनाथ नपा–१ बन्जरहाका ६० वर्षीय साहको चक्कु प्रहारबाट मृत्यु भएको प्रहरीले जनाएको छ। 

टाउकोमा चोट लागेका ८० वर्षीय वृद्ध रामबहादुर साहको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। रामबहादुर र वुटन नातामा ससुरा ज्वाइँ हुन्। 

चक्कु प्रहारबाट पिठ्युमा गम्भीर चोट लागेका साहलाई प्रादेशिक अस्पताल गौर पुर्याउँदा चिकित्सकले मङ्गलबार राति मृत्युको घोषणा गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वसन्त गौतमले चक्कु प्रहार गर्ने २६ वर्षीय राममहेश्वर साह र निजका बाबु ६३ वर्षीय रामाऔतार साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाएको छ। ।

स्थानीयका अनुसार जग्गाको स्वामित्वलाई लिएर लामो समयदेखि भएको विवादले उग्ररूप लिँदा लामो समयदेखि ससुराली घर बस्दै आएका साहको हत्या भएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad