सप्तरीमा १९ र ३५ वर्षीया महिलाले आफूमाथि जबर्जस्ती करणी भएको गरेको उजुरी प्रहरीमा दर्ता गराएका छन्।
३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरुप नगरपालिका–४ का सोविन्द्र रामलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय कञ्चनरुपले उजुरी दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए। शौचालय गर्न निक्लिएका बेला आरोपितले पीडितलाई पछाडिबाट मुख बन्द गरी बाँसको झाडीमा लगेर यही कात्तिक २० गते बलात्कार गरेको बयान पीडित महिलाले दिएकी छन्।
यसैगरी १९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा हनुमाननगर कङ्कालिनी नगरपालिका–४ स्थित मधवापुरको गङ्गापुरका २२ वर्षीय भुपेन्द्र सरदार बाँतरविरुद्ध पनि बिहीबार उजुरी दर्ता भएको छ।
आफू एक्लै भएको बेला करकापमा पारी कात्तिक २३ गते स्थानीय उसमान मियाँको आँपको बगैँचामा लगेर आफूलाई बलात्कार गरेको पीडितले आरोप लगाएकी छन्। उजुरी परेपछि आरोपी फरार भएका छन्।
Shares

प्रतिक्रिया