काठमाडौंमा फेसबुकबाट बालिकालाई अश्लील तस्बिर तथा सन्देश पठाएको अभियोगमा नेपाल प्रहरीको साइबर ब्युरोले सिन्धुपालचोकका एक युवकलाई पक्राउ गरेको छ।
ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले दिएको जानकारीअनुसार सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी ४ घर भएका २० वर्षीय अखिल नेपालीलाई पक्राउ गरिएको हो।
‘फेसबुकमा फेक आईडी बनाई बालिका दरबार मार्ग (नाम परिवर्तन) लाई यौनजन्य, अश्लील सन्देश तथा तस्बिर पठाउने, बालिकाहरूको बारेमा यौन अश्लीलतायुक्त अनर्गल सामग्री पोस्ट गरी अपमान गर्ने, हैरानी दिने कार्य गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिमको कसुर गरेको पाइएकाले’ उनलाई पक्राउ गरिएको हो।
ब्युरोले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई काठमाडौं महानगरपालिका-७ बाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ।’

प्रतिक्रिया