पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४० हजार भन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यस बीचमा साढे नौ हजार भन्दा धेरैले संक्रमणको कारण ज्यान गुमाएका छन्।
वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर ६ लाख ४० हजार पाँच सय चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ९ हजार ६ सय १४ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा १ हजार एक सय ३४ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ। संक्रमितको संख्या पनि अमेरिकामै सबैभन्दा उच्च छ। त्यहाँ हिजो एक दिनमै एक लाख ५९ हजार तीन सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
अमेरिकापछि संक्रमण भारतमा धेरै छ। भारतमा हिजो ४३ हजार ८ सय ६१ जनामा संक्रमण पुष्टि भएको छ भने पाँच सय २१ जनाले संक्रमणबाट ज्यान गुमाएका छन्। ब्राजिलमा हिजो ९ सय २९ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् भने साढे ३४ हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।
त्यसैगरी पछिल्लो २४ घण्टामा बेलायतमा ३३ हजार भन्दा धेरैमा संक्रमण पुष्टि हुँदा पाँच सय ६३ जनाले ज्यान गुमाएका छन्। इटालीमा ३७ हजारमा संक्रमण पुष्टि हुँदा ६ सय ३६ जनाले ज्यान गुमाएका छन्।
पछिल्लो २४ घण्टामा मेक्सिकोमा ५ सय ८८, इरानमा ४ सय ५७, फ्रान्समा ४ सय २५, रुसमा ४ सय ३९, स्पेनमा ३ सय ५६, अर्जेन्टिनामा २ सय ५१, कोलम्बियामा १ सय ७९, पोल्याण्डमा २ सय ७५, बेल्जियममा १ सय ९७, युक्रेनमा १ सय ९८, चेकियामा १ सय ८५, रोमानियामा १ सय २१, स्वीटजरल्याण्डमा १०३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।
विश्वभर हाल कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ९८ हजार ५ सय ४४ पुगेको छ भने संक्रमितको संख्या ५ करोड ३० लाख ७१ हजार ९ सय ८० पुगेको छ।

प्रतिक्रिया