बम्बईको उच्च अदालतले गोस्वामीको जमानतको आग्रह अस्वीकार गरेको बीबीसीहिन्दीले जनाएको छ।
रायगढ प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दामा गोस्वामीलाई गिरफ्तार गरेको छ। उनलाई १४ दिन न्यायिक हिरासतमा राखिएको छ।
उच्च अदालतले जमानतमा छाड्न अस्वीकार गर्दै गोस्वामीले आगामी चार दिनसम्म अदालतको आदेशलाई चुनौती दिनसक्ने र सत्र न्यायालयमा जानसक्ने बताएको छ।
यस्तै गोस्वामीले आफूलाई हिरासतमा प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन्। गोस्वामी भारतका विवादित पत्रकार मानिन्छन्।


प्रतिक्रिया