कञ्चनपुरको पुनर्बास नगरपालिका नजिक भारतको दूधुवा नेसनल पार्कको रानीवनमा एक नेपाली महिलाको शव फेला परेको छ।
प्रहरीका अनुसार मृतकको साथमा भेटिएको कागजातका आधारमा उनी ५५ वर्षीया नुरदेवी कठायत हुन्।
‘महिलाको परिवारसित सम्पर्क हुन सकेको छैन’, इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रमुख प्रहरी निरीक्षक कैलाश विष्टले भने, ‘शवसंँगै भारतीय प्रहरीले भेटेको कागजातअनुसार मृतक साविक गाविस–३ कि महिला हुन्।’
शव भारतको पलियामा राखिएको र सोबारे भारतीय प्रहरीसित थप समन्वय भइरहेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया