राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतसँग संवादहीन अवस्थामा पुगेको सरकारमाथि अर्को छिमेकी देश चीनको भरोसा पनि धर्मराएको बताएका छन्।
मंगलबार सामाजिक सञ्जल ट्विटरमा एक ट्विट लेख्दै पूर्व परराष्ट्रमन्त्री समेत रहेका थापाले सरकारको परराष्ट्र नीति सञ्चालनमा असन्तुलन देखिएको बताए।
‘भ्रष्टाचारदेखि राज्यसत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेको उनको आरोप छ।
‘परराष्ट्र नीति सञ्चालनमा असन्तुलन देखिएको छ। नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकारमाथि अर्को छिमेकी चीननको भरोसा पनि धर्मराएको छ’, अध्यक्ष थापाले ट्विटमा लेखेका छन्, ‘ भ्रष्टाचारदेखि राज्य सत्ता कब्जा गर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेका छन्।’
— Kamal Thapa (@KTnepal) November 3, 2020-परराष्ट्र नीति संचालनमा असन्तुलन देखिएको छ..नेकपा नेतृत्वको सरकारसँग भारत संवादहीन अवस्थामा पुगेको छ भने सरकार माथि अर्को छीमेकी चिनको भरोसा पनि धर्मराएको छ..
-भ्रष्टाचारदेखि..राज्यसत्ता कब्जागर्ने कार्यमा सत्तारुढ र प्रमुख प्रतिपक्ष दल दुवैले साझेदारी र भागवण्डा कायम गरेका छन्
अध्यक्ष थापाल केपी ओलीको ठाउँमा प्रचण्ड, माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास नपाउने ठोकुवा गरेका छन्। उनले समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र अवधारणामा सुधार नगरेसम्म ‘कस्मेटिक’ परिवर्तनको कुनै अर्थ नरहने बताएका छन्।
-समस्याको चक्रव्युहबाट देशलाई मुक्त तुल्याउन मार्गचित्र/अवधारणामा सुधार नगरेसम्म 'कस्मेटिक'परिवर्तनको कुनै अर्थ रहँदैन..
-केपी ओलीको ठाउँमा प्रचण्ड,माधव नेपाल वा शेरबहादुर देउवा ल्याएर अथवा नेकपाको ठाउँमा नेपाली कंग्रेस वा अन्य कुनै दललाई स्थापित गरेर देशले संकटबाट निकास पाउँदैन
उनले नेपाली जनताले मुलुकको राजनीतिक मार्गचित्र र गन्तव्यका वारे पुनर्विचारगर्नु जरुरी रहेको भन्दै (धर्मनिरपेक्षता, गणतन्त्र र संघीयताको विकल्प खोज्न जनमत संग्रह गर्नेबारे बहस प्रारम्भ गर्नुपर्ने बताए।
Shares

प्रतिक्रिया