समाज


राशिफल २ असार: मिथुनको आँटेको पूरा, तुलालाई राजनीतिक क्षेत्रमा सफलता, तपाईँको दिन कस्तो?

राशिफल २ असार: मिथुनको आँटेको पूरा, तुलालाई राजनीतिक क्षेत्रमा सफलता, तपाईँको दिन कस्तो?

ज्यो. मेनुका दाहाल
असार २, २०८३ मंगलबार ४:३५, काठमाडौँ

मङ्‌गलबार, २ असार २०८३ (१६ जुन २०२६)। हेर्नुस् आजको राशिफल-

मेष: अभिभावक वर्गको स्वास्थ्यस्थिति चिन्ताको विषय बन्नेछ। कार्यमा अवरोध आउला। पारिवारिक र नातागोताभित्रका सदस्यहरूसँग राम्रो व्यवहार पुर्‍याउन नसक्नाले महत्त्वपूर्ण अवसर गुम्न सक्छ।

भाग्यशाली रङ हरियो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ३३, व्यापारमा ३८, सेयर बजारमा ४०, वैदेशिक कार्यमा ३८ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४१ र सम्पूर्ण भाग्याङ्क ४० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। झुट नबोल्ने।

वृष: लामो समयदेखि रोकिएका काम पुनः सुरु हुन सक्छन्। नयाँ काम सुरु गर्ने समय छ। विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। मनमा हर्ष, उमङ्ग र उत्साह छाउला। प्राविधिक क्षेत्रमा रुचि बढ्नेछ। राज्यबाट मान सम्मान पाइनेछ।

भाग्यशाली रङ पर्पल र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ५७, व्यापारमा ६३, सेयर बजारमा ७१, वैदेशिक कार्यमा ५७ र शिक्षामा ६७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

मिथुन: प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आँटे-ताकेको कार्य पूरा होला। खानपिनका विविध परिकार खान पाइनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखार ल्याउनेछ। विश्वासपात्र वा आफन्तले काममा साथ दिनेछन्।

भाग्यशाली रङ निलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५३ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।

कर्कट: मनोरञ्जन क्षेत्रमा गरेको लगानीबाट धन प्राप्ति हुनेछ। आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। सेवामूलक कार्यबाट सफलता मिल्नेछ। नयाँ रोजगारीको अवसर मिल्नेछ। सामाजिक तथा राजनीतिक कार्यमा रुचि बढ्नेछ।

भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७४, व्यापारमा ५९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५८ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७२, यात्राको योग ५२ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।

सिंह: आफूलाई कमजोर भएको अनुभूति हुनेछ। बोलीको विपरीत अर्थ लाग्न सक्छ। शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। प्रेममा अविश्वासको वातावरण सिर्जना हुन सक्छ। मनोरञ्जनमा सहभागी भइनेछ।

भाग्यशाली रङ घ्यू रङ र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ४८, व्यापारमा ३५, वैदेशिक कार्यमा ६८ र शिक्षामा ३७ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ३१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले बिघ्नहर्ता गणेशजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। अखाद्य वस्तुको सेवन नगर्ने।

कन्या: लामो समयदेखि रोकिएका काम पूरा हुनेछन्। लाभदायक भेटघाटलाई नकार्न सकिँदैन। परिश्रमअनुसार उपलब्धि राम्रै मिल्नेछ। सामाजिक कार्यमा रुचि जाग्नुका साथै यात्राको योग छ।

भाग्यशाली रङ रातो र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६६, वैदेशिक कार्यमा ५९ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ४३ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले दुर्गाजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।

तुला: राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। रोकिएको काम दोहोर्‍याएर प्रयत्न गर्दा सफलता मिल्नेछ। धार्मिक तथा सामाजिक कार्यमा रुचि जाग्नेछ। मनको शान्ति नै साँचो सफलता हो।

भाग्यशाली रङ पहेँलो र अंक ३ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६४, वैदेशिक कार्यमा ७२ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले शिवजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। खरानी रङको प्रयोग नगर्ने।

वृश्चिक: सभा समारोहमा सरिक हुने सम्भावना छ। नयाँ सम्बन्ध जोडिन सक्छ। स्वास्थ्यमा सुधार आउनेछ। पुरानो समस्या सुल्झाउन सकिनेछ। आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्नेछ। 

भाग्यशाली रङ खैरो र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ५२, व्यापारमा ६०, वैदेशिक कार्यमा ५० र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले लक्ष्मीजीलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।

धनु: आफूलाई अनुशासित र संयम बनाउनु पर्छ। मनमा उत्पन्न शंका तथा डरका कारण बनिसकेको काममा दुबिधा उत्पन्न हुन सक्छ। स्वास्थ्यमा समस्या आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक कार्य अघि बढ्नेछ।

भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ४०, व्यापारमा ४१, सेयर बजारमा ४१, वैदेशिक कार्यमा ७२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।

मकर: शुभकार्यको चर्चा चल्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। नयाँ सवारी साधन प्राप्तिको योग छ। अरूलाई प्रभावित पारेर काम बन्नेछ। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। माया प्रेममा आत्मीयताको बढोत्तरी हुनेछ।

भाग्यशाली रङ आकासे र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ७७, व्यापारमा ६०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ७० प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई भोजन गराएर कार्य प्रारम्भ गर्ने। हरियो रङको प्रयोग नगर्ने।

कुम्भ: नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ। रमाइलो यात्राको योग रहेको छ। धर्म तथा समाजसेवामा मन जानेछ। घरमा पाहुनाको आगमन हुने सम्भावना छ।

भाग्यशाली रङ सेतो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६४, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६९ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ५४, यात्राको योग ७९ र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिएर कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।

मीन: शुभ र नयाँ कार्यको चर्चा चल्नेछ। बन्धु बान्धवबाट विशेष सहयोग र प्राविधिक काममा सफलता मिल्नेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।

भाग्यशाली रङ खैरो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ६७, व्यापारमा ६१, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ।

यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ६९ र सम्पूर्ण भाग्याङ्क ७७ प्रतिशत रहेको छ। नवग्रहलाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad