भारतमा एक नवविवाहित जोडीले चियाबारीमा प्रेमालाप गरिरहेका तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।
भित्री लुगा नलगाएजस्तो देखिने यी तस्बिरबारे तीव्र आलोचना पनि भइरहेका छन्।
तर याे जोडीले जति आलोचना भए पनि सामाजिक सञ्जालबाट आफ्ना अन्तरंग तस्बिर नहटाउने अडान लिएका छन्।
बीबीसीसँग उनीहरूले तस्बिर हटाउनु भनेको आफूहरूप्रति दुर्भावना राख्नेहरूलाई झन् बल पुर्याउनु हो भनेका छन्।

तस्बिरमा देखिने उनीहरू हुन्- भारतकाे केरला निवासी हृषी कार्थिक र लक्ष्मी।
उनीहरू सेतो सिल्कको ओढ्नेमा बेरिएर चियाबारीमा हाँस्दै, अँगालो मार्दै र आलिंगन गर्दै गरेका देखिन्छन्।
भारतको केरला निवासी हृषी टेलिकम कम्पनीमा काम गर्छन् भने लक्ष्मी इलेक्ट्रिकल र इलेक्ट्रोनिक इन्जिनियरिङमा भर्खर डिग्री सकाएर बेसकी हुन्।

भव्य रूपमा बिहे गर्ने योजना कोरोना महामारीका कारण भताभुंग भएकाले गत सेप्टेम्बरमा सानो समारोह आयोजना गरेर गर्नुपरेको ती जोडीले बीबीसीसँग बताएका छन्।
सोही कारण आफ्नो बिहे स्मरणीय बनाउन चियाबारीमा त्यसरी तस्बिर खिचेको उनीहरूको भनाइ छ।

प्रतिक्रिया