फिलिपिन्समा आइतबार आएको शक्तिशाली आँधीका कारण कम्तीमा पनि चार जनाको मृत्यु भएको छ।
यस वर्षकै सबैभन्दा शक्तिशाली मानिएको ‘गोनी’ नामक आँधीका कारण लाखौं मानिस विस्थापित बनेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
२ सय २५ किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधीका कारण ठूलो वर्षा भएको छ। आँधीका कारण मृत्यु हुनेको संख्या बढ्न सक्ने अधिकारीहरुले जनाएका छन्। आँधीका कारण सयौं घर कामै नलाग्ने गरी भत्किएका छन् भने दर्जनौं सडकहरू अवरुद्ध बनेका छन्।
आँधीको प्रभाव कम हुन एक साता लाग्ने अनुमान गरिएको छ। यो साताको अन्त्यतिर राजधानी मनिला रहेको लुजोन टापुबाट आँधी बाहिरिने त्यहाँका मौसमविद्ले बताएका छन्।
आइतबार आएको आँधी सन् २०१३ पछिकै सबैभन्दा शक्तिशाली भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। सन् २०१३ मा आँधीका कारण फिलिपिन्समा कम्तीमा ६ हजार जनाको मृत्यु भएको थियो। एजेन्सी

प्रतिक्रिया