समाज


कञ्चनपुरको जंगलमा किशोर–किशोरी मृत फेला, महाकाली नदीमा पनि एकको शव भेटियो

कञ्चनपुरको जंगलमा किशोर–किशोरी मृत फेला, महाकाली नदीमा पनि एकको शव भेटियो

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ६:१,

कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ मालुमेलास्थित जंगलमा दुई जनाको शव भेटिएको छ।

शनिबार बिहान मालुमेलास्थित जंगलमा एक किशोर र एक किशोरीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

जिप्रका कञ्चनपुरका अनुसार मृत फेला पर्नेमा कैलालीको गोदावारी नगरपालिका–११ का १५ वर्षीय टेकबहादुर कोली र १६ वर्षीया सीता साउद रहेका छन्।

 गत असोज २८ गतेदेखि बेपत्ता रहेका उनीहरुको स्थानीयले शनिबार बिहान जंगलमा शव देखेपछि प्रहरीलाई खबर गरेको थिए।

जिप्रका कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले शव नजिकै विषदीको बट्टा पनि फेला परेको जानकारी दिए।

‘दुवै जना २८ गतेदेखि परिवारको सम्पर्क बाहिर रहेको बुझिन आएको छ’ प्रवक्ता थापाले भने, ‘घटनास्थल नजिकै सल्फास नामक विषादीको बट्टा पनि भेटिएको छ।’

घटनाको विस्तृत अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय झलारी र कृष्णपुरको गुलरीया प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले कोलीको शव सडिसकेको अवस्थामा भेटिएको जनाएको छ।

महाकाली नदीमा एक जना मृत भेटिए

त्यसैगरी कञ्चनपुरको महाकाली नदीमा शनिबार बिहानै एक जना मृत भेटिएका छन्। प्रहरकिा अनुसार भीमदत्त नगरपालिका–६ का २३ वर्षीय सरोज चौधरीको शव महाकालली नदिीमा भेटिएको हो।

गत मंगलबार साथीहरुसँग दोधारा–चाँदनी झोलुंगे पुल घुम्न गएका बेला नुहाउने क्रममा चौधरी बेपत्ता भएका थिए।

प्रहरी प्रवक्ता थापाका अनुसार झोलुंगे पुलबाट करिब दुई सय मिटर दक्षिण चौधरीको शव भेटिएको हो। बेपत्तापछि प्रहरी र स्थानीयवासी खोजी कार्यमा जुटेपनि चौधरीको अवस्था पत्ता लगाउन सकेका थिएनन्।

शनिबार बिहान नदीमा माछा मार्ने क्रममा शव भेटिएको हो। प्रहरीले आवश्यक कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तको जिम्मा लगाउने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad