समाज


मध्यराति गाउँ प्रवेश गरेका हात्तीले उदयपुरमा ६ घर भत्कायो, स्थानीयले भागेर जोगाए ज्यान

मध्यराति गाउँ प्रवेश गरेका हात्तीले उदयपुरमा ६ घर भत्कायो, स्थानीयले भागेर जोगाए ज्यान

फाइल फोटो


नेपालखबर
असार १५, २०८३ सोमबार ९:४०, उदयपुर

उदयपुरमा जंगली हात्तीले ६ वटा घर भत्काएको छ। 

चौदण्डीगढी नगरपालिका–७ कुमाङ लामाचौर क्षेत्रमा गएराति जङ्गली हात्ती प्रवेश गरेर उपद्रो मञ्चाएको प्रहरीले जनाएको छ। 

मध्यराति गाउँमा जङ्गली हात्ती प्रवेश गरेर ६ वटा घर भत्काएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी गणेश बमले जानकारी दिए। 

हात्तीले स्थानीय बुद्धिमान राई, राधा विक, रोशन विक, बमबहादुर विक, वीरबहादुर मगर, दिलबहादुर मगरलगायतको कर्कटपाताको छानो भएको काठको घर भत्काएको हो।

यस्तै, हात्तीले स्थानीयको घरको अन्नपातसमेत खाएको छ। 

राति हात्ती गाउँ प्रवेश गरेपछि स्थानीयले भागेर ज्यान बचाएका स्थानीय पुष्प राईले जानकारी दिए। हात्तीले घर भत्काएका स्थानीयलाई चौदण्डीगढी नगरपालिकाले सुरक्षित बस्ने स्थानको व्यवस्था गरेको छ।

कोशीटप्पु क्षेत्रबाट प्रवेश गरेको हात्तीको समूह लामाचौरी र ४५ चोक आसपास क्षेत्रको जङ्गलमा क्षेत्रमा बसिरहेको छ।

अहिले गाउँलेको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरिएको सूचना अधिकारी बमले जानकारी दिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad