टर्कीमा गएको भूकम्पमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ। कम्तिमा पनि ८ सय जना घाइते भएका छन्।
शुक्रबार टर्कीमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो। भूकम्पको धक्का टर्कीको छिमेकी देश ग्रिसमा पनि महसुस गरिएको थियो।
भूकम्पमा परी टर्कीमा २४ र ग्रिसमा २ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
एजियन सागरलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो। भूकम्पले टर्कीको समुद्री किनारमा रहेको इज्मिर सहरमा धेरै क्षति पुगेको छ। भत्किएका भवनभित्र अझै धेरै मानिस फसेको अनुमान अधिकारीहरुले गरेका छन्।
भूकम्पपछि टर्कीको पश्चिमी किनारमा सानो सुनामीसमेत आएको थियो। भूकम्पपछि टर्कीमा सानाठूला एक सय ९६ वटा परकम्प गएको छ।

प्रतिक्रिया