काठमाडौँको पेप्सिकोलास्थित एक चाउचाउ स्टोरमा आगलागी भएको छ।
गएराति भएको आगलागी दमकलको सहायतामा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए।
गएराति करिब साढे १२ बजे काठमाडौँ महानगरपालिका- ३२ पेप्सिकोला सूर्यमुखी चोकस्थित जस्ताको टिनले बनेको १ तल्ले टहरामा लागगाली भएको हो।
आगलागीबाट काठमाडौँको शंखरापुर नगरपालिका- ६ साखु निवासी धिरेन्द्र रण्जितकारले संचालन गर्दै आएको ‘मा ट्रेडस’ गोदाम र धिरेन्द्र रण्जितकार सहित, उमेश कवाङ, रत्न दास श्रेष्ठ, ज्ञान रत्न मान्नधरसहितले संचालन गरेको तलेजु भवानी ट्रेड कन्सन प्रालिको गोदाम जलेर नष्ट भएको छ।
‘काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाका तीनवटा दमकलको सहायतामा आगो निभाइएको छ,’ एसपी भट्टराईले भने, ‘आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन।’
Shares

प्रतिक्रिया