समाज


काठमाडौँको आकाशमा बादल, पानी पर्ने सम्भावना छ?

काठमाडौँको आकाशमा बादल, पानी पर्ने सम्भावना छ?

काठमाडौँको चन्द्रागिरिस्थित दहचोक क्षेत्रबाट आज (सोमबार) बिहान खिचिएको तस्बिर।


नेपालखबर
असार १५, २०८३ सोमबार ६:५६, काठमाडौँ

काठमाडौँमा अहिले बिहान वर्षाको सम्भावना देखिएको मौसमविद्ले बताएका छन्। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बिनु महर्जनका अनुसार अहिले काठमाडौँ उपत्यकाको आकाशमा साधारणतया बादल लागेको छ। 

‘पश्चिमतिरबाट एउटा प्रणाली पूर्वतर्फ आउँदै छ तर त्यसले काठमाडौँ उपत्यकामा कतिको असर पार्छ भन्ने हो’, उनले नेपालखबरसँग भनिन्, ‘यद्यपि अहिले बिहान हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना देखिएको छ।’

तर केही समयपछि बिस्तारै बादल घटेर दिउँसोतिर घाम लाग्ने सम्भावना छ।

‘अनि फेरि साँझपख वा रातितिर हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिएको छ’, मौसमविद् महर्जनले भनिन्।  

देशभरको मौसमबारे भने मौसम महाशाखाले अहिले बिहान ८ बजे अद्यावधिक विस्तृत बुलेटिन जारी गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad