समाज


तीनकुनेको खाली जग्गा र उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयमा रोपियो गुर्जो

तीनकुनेको खाली जग्गा र उपत्यकाका ४४ वटै ट्राफिक कार्यालयमा रोपियो गुर्जो

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार ६:३६,

महानगरीय ट्राफिक प्रहरी महाशाखाले तीनकुनेस्थित खाली जग्गामा १५ सय वटा गुर्जोको विरूवा रोपेको छ।

शनिबार महाशाखाले तीनकुनेको खाली जग्गामा १ हजार ५ सयवटा र उपत्यकास्थित ४४ वटै ट्राफिक कार्यालयमा पनि ५/५ वटा गुर्जोको विरूवा रोपेको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ट उपरीक्षक भीम प्रसाद ढकाल, प्रहरी उपरिक्षक रामेश्वर प्रसाद यादव, प्रहरी अधिकृत तथा कर्मचारीहरूको सहभागितामा गुर्जोको विरूवा रोपिएको महाशाखाले जनाएको छ।

‘फ्रन्ट लाईनमा रहेर काम गर्ने ट्राफिक प्रहरी सडकमा धेरैसँग संसर्ग हुनु पर्ने भएकोले कोरोना भाईरस संक्रमणको जोखिम ज्यादा छ’, एसएसपी ढकालले भने, ‘त्यसैले रोग प्रतिरोध क्षमता वृद्धि गर्न गुर्जोको सेवन निकै प्रभावकारी र फाइदा भएकोले उपत्यकाको खाली जग्गा तथा ट्राफिक कार्यालयका परिसरहरूमा यस्ता विरूवा रोप्ने कामको थालनी गरिएको हो।’

आन्तरिक राजश्व कार्यालय लाहानका कार्यालय प्रमुख तथा अभियानकर्मी कमलबहादुर राजलवट र राष्ट्रिय योजना आयोगका सह–सचिव किशोर जोशीले ट्राफिक महाशाखालाई उक्त गुर्जोको बिरुवा वितरण गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad