समाज


विश्वभर एकै दिन ७ हजारले ज्यान गुमाए, युरोपमा मृत्युदर ४० प्रतिशतले बढ्यो

विश्वभर एकै दिन ७ हजारले ज्यान गुमाए, युरोपमा मृत्युदर ४० प्रतिशतले बढ्यो

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १:५९,

युरोपसहित विश्वका विभिन्न देशमा कोरोना संक्रमण दर पुनः तीब्र गतिमा बढ्न थालेको छ। पछिल्लो २४ घण्टामा पुष्टि भएको नयाँ संक्रमितको संख्या र मृत्युले पनि यसको पुष्टि गर्छ।

वल्र्डओमिटरका अनुसार पछिल्लो २४ घण्टामा विश्वभर संक्रमणबाट सात हजार २३ जनाले ज्यान गुमाएका छन्। यस बीचमा विश्वभर झण्डै चार लाख ६० हजार नयाँ संक्रमित थपिएका छन्।

युरोपमा कोभिडका कारण मृत्यु हुने सङ्ख्या गत साताको भन्दा झण्डै ४० प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

सङ्गठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले फ्रान्स, स्पेन, युके, द नेदर्ल्याण्डस्‌ र रुसमा धेरै सङ्क्रमित देखिएको बताइन्। संक्रमितको संख्या एक तिहाइले वृद्धि भएको ह्यारिसले बताइन्।

‘अहिलेको चिन्ता भनेको धेरै बिरामी मानिसहरूले अस्पतालका सघन उपचार कक्षहरू भरिन थालेका छन्,’ उनले भनेकी छन्।

रुसमा पछिल्लो २४ घण्टामा तीन सय २० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या २६ हजार ५८९ पुगेको छ। अमेरिका, भारत, ब्राजिलपछि कोभिड १९ का धेरै सङ्क्रमित रुसमा रहेका छन्।

मङ्गलवारमात्रै त्यहाँ १६ हजार ५५० नयाँ सङ्क्रमित थपिएका छन्। संक्रमितको संख्या तीब्र गतिमा बढ्न थालेपछि अधिकारीहरूले भिडभाड हुने सबै ठाउँहरूमा मास्क लगाउन अनिवार्य गरेका छन्।

इटलीमा पनि मृत्यु हुनेको सङ्ख्या तीव्र रूपले बढेको छ। त्यहाँ विगत २४ घन्टामा मात्रै २२१ जनाले ज्यान गुमाएका छन्। मंगलवार अस्ट्रियामा १ हजारभन्दा बढी मानिसहरूले कोभिडका कारण ज्यान गुमाएका छन्।

इटलीमा पनि विगत २४ घन्टामा थप करिब २२ हजार नयाँ सङ्क्रमित थपिएका छन्। त्यहाँ हिजो एकै दिन २२१ जनाले ज्यान गुमाएका छन्। संक्रमितको संख्या तीब्र बनेपछि सरकारले सोमवार नयाँ प्रतिबन्ध घोषणा गरको छ। जसको बिरोधसमेत सुरु भएको छ।

बेल्जियमका अस्पतालहरूमा सङ्क्रमित बिरामीको चाप बढेपछि त्यहाँ सङ्क्रमित चिकित्सकहरूलाई पनि नियमति काम गर्न सरकारले आग्रह गरेको छ।

कोरोना संक्रमण तीव्र बन्न थालेपछि अधिकांश युरोपेली देशहरुले नयाँ प्रतिबन्धको घोषणा गर्न थालेका छन्। विश्व स्वास्थ्य संगठनकी प्रवक्ता डाक्टर मार्गरेट ह्यारिसले युरोपेली देशहरूमा लगाइएका नयाँ प्रतिबन्ध कति प्रभावकारी भए भन्ने कुराको विश्लेषण दुई सातापछि मात्रै गर्न सकिने बताएकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad