कला


सुशान्त मृत्यु प्रकरणमा नयाँ खुलासा : ‘आत्महत्या होइन हत्या, एक जना मन्त्री जेल जान सक्छन्!’

सुशान्त मृत्यु प्रकरणमा नयाँ खुलासा : ‘आत्महत्या होइन हत्या, एक जना मन्त्री जेल जान सक्छन्!’

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १:४८,

भारतीय अभिनेता सुशान्त सिंह राजपुत मृत्यु प्रकरणमा नयाँ-नयाँ कुरा बाहिर आइरहेका छन्।

मृत्यु भएको ४ महिनाभन्दा बढी समयपछि भारतका एक सांसदले सुशान्तले आत्महत्या गरेको नभई उनको हत्या भएको दाबी गरेका हुन्।

भारतीय जनता पार्टी (भाजपा) बाट सांसद नारायण राणेले भनेका छन्, ‘सुशान्तले आत्महत्या गरेका होइनन्, उनको हत्या भएको हाे। त्यस बखत सुशान्तका घरमा एक जना मन्त्रीसमेत थिए।’

भारतीय पत्रिका दैनिक भास्करका अनुसार सुशान्त मृत्यु प्रकरणमा महाराष्ट्र मन्त्रिमण्डलका एक जना मन्त्री जेल जान सक्ने दाबी उनले गरेका छन्। 

उनले अगाडि भनेका छन्, ‘मसँग प्रमाण छन् र जुन म सीबीआई (केन्द्रीय अनुसन्धान ब्युरो) लाई मात्र दिन्छु।’

एक न्युज च्यानललाई अन्तर्वार्ता दिँदै सांसद राणेले घटना भएको रात केही मान्छे सुशान्तको घर पुगेको दाबी गरेका छन्।

अभिनेता सुशान्त गत जुन १४ तारिख आफ्नै निवासमा पंखामा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए।

सुरुमा प्रहरीले यसलाई आत्महत्या भने पनि सुशान्तका बुबाले शंका गर्दै उजुरी दिएपछि मुम्बई तथा बिहार प्रहरी, सीबीआई, एनसीबी (लागुऔषध घटना अनुसन्धान गर्ने निकाय) लगायत विभिन्न निकायले अनुसन्धान गरिरहेका छन्।

यस क्रममा सुशान्तकै प्रेमिका रिया चक्रवर्तीलगायत धेरै जनासँग प्रहरीले बयान लिइसकेको छ। कतिपय तारिखमा छुटेका छन् भने कतिपय पक्राउ पर्ने क्रम जारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad