डेविड वार्नर र ऋद्धिमान साहले ७७ रन जोडेर सनराइजर्स हैदराबादका लागि यस सिजनको आइपीएलको पावरप्लेमा सबैभन्दा बढी रन बनाउँने कीर्तिमान कायम गरे।
दिल्ली क्यापिटल्सविरुद्ध मंगलबार राति भएको खेलमा यी दुवै ओपनरले ६ बलमा ७७ रन बनाए। यसअघि २०१७ को सिजनमा प्लेअफमा हैदराबादले ७९ रन जोडेको थियो।
६६ रन बनाएका वार्नरले पावरप्लेमा ५४ रन बनाए। यो यस सिजनको पावर प्लेमा सर्वाधिक व्यक्तिगत स्कोरको कीर्तिमान पनि हो। यसअघि दिल्लीका पृथ्वी शाले सुरुवाती ६ ओभरमा ४२ रन जोडेका थिए।
पहिले ब्याटिङ गर्दै हैदरावादले २० ओभरमा २ विकेट गुमाएर २१९ रन जोडेको थियो। उसका ऋद्धिमान साहले सबैभन्दा बढी ८७ रन जोडे।
जवाफमा दिल्ली १९ ओभरमा सबैविकेट गुमाएर १३१ रनमै समेटियो। फलस्वरुप ८८ रनको जित हात पारेको हैदराबादले प्लेअफ दौड कायम राखेको छ।
जितसँगै हैदराबादको १२ खेलमा १० अंक बनेको छ। टोली छैटौं स्थानमा छ।

प्रतिक्रिया