समाज


कोरोना अपडेटः चार करोड २९ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

कोरोना अपडेटः चार करोड २९ लाख नाघ्यो कोरोना संक्रमितको संख्या

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ११:२८,

उक्त विश्वविद्यालयका अनुसार विश्वभरी चार करोड २९ लाख ४६ हजार ४४६ जना कोभिड १९ सङ्क्रमित भएका छन्।

यस सङ्क्रमणको कारण विश्वभरी ११ लाख ५४ हजार ८६२ व्यक्तिको मृत्यु भएको पनि सो विद्यालयले जानकारी दिएको छ।

यसैबीच विश्वभरी रहेका कुल सङ्क्रमितमध्ये तीन करोड १६ लाख ७३ हजार भन्दा बढी व्यक्ति कोरोना भाइरस मुक्त भएका बताइएको छ।

कोरोना भाइरसको कारण सबैभन्दा बढी प्रभावित देश संयुक्त राज्य अमेरिकामा ८८ लाख २७ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित रहेका छन्।

कोरोना सङ्क्रमणबाट सबैभन्दा धेरै नागरिकको मृत्यु हुने देशमा पनि अमेरिका पर्दछ। उक्त विश्वविद्यालयका अनुसार कोरोना सङ्क्रमणबाट अमेरिकामा दुई लाख ३०० हजार ६८ जनाको मृत्यु भएको छ।

उक्त विश्वविद्यालयको तथ्यांकअनुसार अमेरिकामा पछिल्ला दिनहरुमा पनि ठूलो संख्याका सङ्क्रमितहरु थपिने गरेका छन्।

कोरोना भाइरस सङ्क्रमणबाट भारत र ब्राजिल दोस्रो र तेस्रो स्थानमा परेको छ। भारतमा ७८ लाख ६४ हजार भन्दा बढी कोरोना भाइरस सङ्क्रमति रहेका छन् भने ब्रांजिलमा करिब ५३ लाख ८१ हजार व्यक्ति कोरोना सङ्क्रमित रहेका विश्वविद्यालयले जनाएको छ।

रुस चौथो स्थानमा रहेको यहाँ १४ लाख ९७ हजार १६७ जना सङ्क्रमित रहेका छन्।

विश्वको तुलनामा सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा ७० लाख ७८ हजार व्यक्तिलाई कोरोना भाइरस निको भएको छ। विश्व स्वास्थ्य संगठनले गत मार्च ११ कोभिड १९ लाई ‘विश्व महामारी’को घोषणा गरेको थियो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad