सरुवा रोगसम्बन्धी प्रख्यात अमेरिकी विज्ञ एन्थोनी फाउचीले कोभिड–१९ को भ्याक्सिन कति सुरक्षित र प्रभावकारी भयो भन्ने प्रष्ट हुनका लागि डिसेम्बर महिनाको सुरुसम्म पर्खनुपर्ने बताएका छन्।
तर सो भ्याक्सिन सन् २०२१ को मध्यसम्ममा मात्र व्यापकरुपमा उपलब्ध हुनसक्ने उनले बताएका छन्।
‘नोभेम्बरको अन्त्य वा डिसेम्बरको सुरुमा मात्र सो भ्याक्सिनको प्रयोग कति सुरक्षित र प्रभावकारी छ भनेर भन्नसक्ने अवस्थामा हुनेछौं,’ फाउचीले आइतबार बीबीसीलाई बताएका छन्।
उनका अनुसार जनसंख्याको ठूलो अनुपातमा भ्याक्सिनको प्रयोग र त्यसको प्रभाव देखिनका लागि भने अर्को वर्ष (२०२१) को मध्यसम्म वा त्यसभन्दा केहि ढिला पनि हुनसक्छ।
201
Shares

प्रतिक्रिया