गत २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार पाँच सय ३५ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार आज उपत्यकाका तीन जिल्लामा एक हजार पाँच सय ३५ जना संक्रमित थपिएका छन्। जसमध्ये ६२९ महिला र पुरुष ९०६ जना रहेका छन्।
मन्त्रालयका अनुसार काठमाडौंमा अहिलेसम्म ५६ हजार ३०२ जना कूल संक्रमित संख्या रहेकोमा १९ हजार ८२६ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, ललितपुमा सात हजार ८८३ जना संक्रमित भएकोमा सक्रिय संक्रमितको संख्या दुई हजार ४३० रहेको छ।
भक्तपुरमा पाँच हजार ३१३ जना संक्रमित रहेकोमा सक्रिय संक्रमितको संख्या एक हजार ४९४ रहेको छ।
यो सँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या २३ हजार ७५० रहेको छ।
उपत्यकाका तीन जिल्लामा हालसम्म ३०३ जनाको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया