समाज


हतियारसहित नेपाल आएका भारतीयमाथि गोली प्रहार गरी नियन्त्रणमा

हतियारसहित नेपाल आएका भारतीयमाथि गोली प्रहार गरी नियन्त्रणमा

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १४:२१,

हतियारसहित नेपाल आएका भारतीय नागरिकलाई प्रहरीले गोली हानि नियन्त्रणमा लिएको छ।

बुधबार दिउँसो बाराको सिम्रौनगढ नगरपालिका–९ सानो बंकुलस्थित प्रहरीले सिमानामा चेकजाँच गर्ने क्रममा उनले प्रहरीतर्फ गोली प्रहार गरेको र जवाफी कारबाहीमा नेपाल प्रहरीले गोली प्रहार गरेको जनाएको छ।

प्रहरीको गोली लागि भारतको बिहार मोतिहारी पुर्वी चम्पारण दुधिअवा का २८ वर्षीय बृजकिशोर कुशवाहा घाइते भएका छन्। प्रहरीले राइफलबाट प्रहार गरेको गोली उनको बायाँ पाखुरामा लागेको छ।

गोली प्रहारपछि घाइते भएका कुशवाहालाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनको साथबाट एक थान पेस्तोल र एसको म्याग्जिन ४ राउण्ड बरामद भएको छ।

उनीमाथि थप अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad