कारोबार


नेपाल ल्युब आयलद्वारा १० प्रतिशत लाभांस

नेपाल ल्युब आयलद्वारा १० प्रतिशत लाभांस

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार १४:१५,

नेपाल ल्युब आयल लिमिटेडको २९औं वार्षिक साधारण सभा सम्पन्न भएको छ।

साधारण सभाले सेयर होल्डरहरुलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

नेपाल ल्यूव आयल लि.को ३६ वर्षको ईतिहासमा हालको प्रकोपलाई मध्यनजर गर्दै एकदमै नौलो अभ्यासमार्फत सञ्चालित सभामा अध्यक्ष अरुण कुमार चौधरी तथा बोर्डअफ डाइरेक्टर, कम्पनी सचिव र अन्य सेयर होल्डरहरुको स्वंय उपस्थितीबाट ५३.१४ प्रतिशत र भर्चुअल माध्यम जुममार्फत १५.०१ प्रतिशत उपस्थिति गरि ६८.१५ प्रतिशत सहभागी रहेको र उपस्थितहरुबीच दूरी कायमका साथै अन्य स्वास्थ्य प्रोटोकल समेत पालन गरि आफ्नै कर्पोरेट कार्यलयमा सम्पन्न भएको थियो ।

सो अवसरमा कम्पनीका अध्यक्ष अरुणकुमार चौधरीले हालको अवस्थामा उद्योगलाई सदैव सुचारु राख्नु नै एकमात्र चुनौति रहेको यस विषम परिस्थितीमा कामदार, कमर्चारी एवम् कम्पनीसँग आबद्ध सवैको स्वास्थ्यको ख्याल राखिरहेको अवस्थामा सेयरहोल्डरको समेत कोभिड १९ बीमा गर्ने घोषणा गरे।

साथै सेयरहोल्डर समेतले आशा नगरेको अवस्थामा कम्पनीले १० प्रतिशत लाभांस दिनु सञ्चालक समितीले सदैव सेयरहोल्डरहरुको हालको पहिलो प्राथमिकता के हुन सक्छ भनि अध्ययन गरेरनै प्रदान गरिएको होे भने।

त्यस्तै प्रस्तावित पूँजी वृद्धि कुन माध्यमबाट गर्दा कम्पनीको निमित्त उपयुक्त हुनेछ भन्ने अध्ययन गरेर पछि निर्णय गर्ने र शेयर धनीहरुले उठाएको माग बमोजिम एउटा कोष गठन गरि सो कोषबाट कम्पनीका कामदार, कर्मचारी, डिलर, रिटेलर, मेकानिक्स र उपभोक्तालाई वार्षिक रुपमा पुरस्कृत गर्न तयार रहेको जानकारी गराए।

त्यस्तै उच्चस्तरीय गुणस्तरको लुब्रिकेन्टस् उत्पादन, छिटो छरितो शेवा र उत्पादकत्वमा वृद्धि पुर्याउने अन्य विभिन्न योजनाहरु समेत प्रस्तुत गरेका थिए।

नेपाल ल्युब आयलले गल्फ आयल इन्टरनेसनलको प्रत्यक्ष निगरानीमा नेपालमै गल्फ लुब्रिकेन्ट उत्पादन गर्नुका साथै बिक्री वितरणसमेत गर्छ। गल्फ अन्तर्राष्ट्रिय लुब्रिकेन्ट्स ब्रान्ड हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad