ad ad

समाज


कोभिडसँग लड्ने क्षमता विकासका लागि के खाने? यस्तो छ विज्ञहरुको सुझाव

कोभिडसँग लड्ने क्षमता विकासका लागि के खाने? यस्तो छ विज्ञहरुको सुझाव

नेपालखबर
कात्तिक २, २०७७ आइतबार १०:४२,

कोभिड संक्रमणबाट जोगिन दैनिक गतिविधिमा सुधार गर्दै खानपिनमा ध्यान दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।

पछिल्लो समय संक्रमण बढ्दै गएको अवस्थामा रोगसँग लडने क्षमताको विकास गर्नु नै उत्तम विकल्प भएको विज्ञहरुले बताएका छन्। त्यसका लागि दैनिक गतिविधि र खानपिनमा नै ध्यान दिनुपर्नेमा उनीहरुले जोड दएका छन्।

आयुर्वेदिक चिकित्सक डा. ऋषिराम कोइरालाले खाने कुराहरुमा विशेष ध्यान दिनुपर्ने बताए। उनका अनुसार तेलमा तारेर बनाइएको परिकारहरु कम खानुपर्ने हुन्छ। बजारमा पाइने चिल्लो, सुकिलो र सफा देखिने खाद्य वस्तुहरुमा बढी विशाक्त प्रयोग भएको हुन सक्ने भएकाले त्यस्ता वस्तुहरुको प्रयोग गर्दा ख्याल गर्न समेत उनले सुझाव दिएका छन्।

त्यस्तै बोइलर कुखुराको मासु धेरै नखान समेत उनले आग्रह गरेका छन्। बोइलर कुखुरामा धेरै एन्टीबायोटिक प्रयोग भएको र जेनेटिक मोडिफाइड समेत भएकाले बोइलर कुखुराको मासुको कम प्रयोग गर्नुपर्ने उनको भनाई छ। त्यस्तै खसीबोकाको उपभोग पनि कम गर्न उनको सुझाव छ। कोकाकोला, फेन्टा लगायतका पेय पदार्थको समेत कम प्रयोग गर्न उनले आग्रह गरे।

दिनको एकदुई वटा कागतीको सेवन गर्ने, पुदिना, भाङ, तिल लगायतका बस्तुबाट बनाइएको अचार तथा चटनी खाने बानिले रोगब्याधि कम गराउने उनले बताए। त्यस्तै धेरै प्रकारका मल प्रयोग भएका सागसब्जी, तरकारीहरुको प्रयोग नगर्न समेत उनले सुझाव दिएका छन्। सादा खाना खान र शरीरभित्र कुनैपनि प्रकारको भार नपर्नेगरी खान पनि उनको सुझाव छ।

शुद्ध पानी धेरै पिउने, गुर्जो, उमारेको जमरा, कागती लगायतको सेवन गर्नु उपयुक्त हुने पनि उनले बताए। त्यसबाहेक नियमित व्यायाम गर्दा समेत शरीरमा फाइदा पुग्ने उहाँको भनाई छ। योगा, खानपिन, आयुरवेदका जडिबुटी र मनोविज्ञानका पक्षहरुमा सबैधन्दा धेरै ध्यान दिनुपर्नेमा उनले जोड दिए।

भाइरोलोजिस्ट डा. बाबुराम मरासिनीले दशैंको बेला सहर बजारबाट आफ्नो घरमा जाँदा विशेष सावधानी अपनाउनुपर्ने बताए। दशैंमा घर नजान भन्दा पनि घर गएपछि संक्रमणबाट जोगिनका लागि विभिन्न उपायहरु अपनाउन सकिने बताए।

घरमा गएपछि परिवारका सदस्यसँग घुलमिल हुन भन्दा अलग्गै बस्नुपर्नेमा जोड दिए। खाना खाँदा दूरी कायम गर्ने, दशैंमा टिका लगाउँदा खुल्ला ठाउँमा लगाउने, भिडभाड नगर्ने हो भने रोग लाग्नबाट बच्न र बचाउन सकिने डा. मरासिनीको भनाई छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .