चिकित्सा शिक्षाको सुधारको माग गर्दै २७ दिनदेखि आमरण अनशनमा रहेका डा. गोविन्द केसीलाई अनशन अन्त्य गर्न सरकारी वार्ता टोलीले आग्रह गरेको छ।
शनिबार डा. केसीका मागबारे शिक्षामन्त्री गिरिराजमणि पोखरेलसहित प्रधानमन्त्रीसँग छलफल गरेको टोलीले त्यसपछि अपरान्ह एक विज्ञप्ति निकाल्दै अनशन अन्त्य गर्न आग्रह गरेको हो।
‘नेपाल सरकार गुणस्तरीय चिकित्सा शिक्षा बिस्तार तथा सर्वसुलभ स्वास्थ्य सेवा प्रवाहमा प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्दै कोभिड १९ को विश्वव्यापी महामारीले मुलुक आक्रान्त रहेको हालको अवस्थामा यस्तो विषम परिस्थितिलाई मनन एवं आत्मासाथ गर्दै आफ्नो अनशन अन्त्य गरिदिनु हुन प्राडा गोविन्द केसीलाई वार्ता समिति विनर्मतापूर्वक हार्दिक अनुरोध गर्दछ’, सरकारी वार्ता टोलीका संयोजक शिक्षा सचिव गोपीनाथ मैनालीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
चिकित्सा शिक्षा क्षेत्र सुधारका लागि डा. केसीसँग भएका सहमति कार्यान्वयनकाे सूची विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
विज्ञप्तिमा डा. केसीसँगको वार्ता के हुने भन्नेबारे केही बताइएको छैन।


Shares

प्रतिक्रिया