कालीगण्डकी नदीमा हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।
पाल्पाको बगनासकाली गाउँपालिका ५ राम्दीका करिव ५० वर्षीय कृष्ण भट्टराई शुक्रबार बिहान नदीमा हाम फालेको स्याङ्जा प्रहरीले जनाएको छ। उनी स्याङजाको गल्याङमा पसल गरी बस्दै आएका थिए।
शुक्रबार बिहान साढे १० बजे हामफालेका भट्टराई अहिलेसम्म पनि फेला नपरेको प्रहरीले जनाएको छ।
उनी राम्दि पुलबाट कालिगण्डगीमा हाम फालेको जानकारी प्राप्त हुनासाथ स्याङ्जा र पाल्पाको प्रहरीले खोजीकार्य जारी राखेको छ।
3
Shares

प्रतिक्रिया