ad ad

समाज


चिकित्सक भन्छन्ः ट्रम्प सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन तयार भए

चिकित्सक भन्छन्ः ट्रम्प सार्वजनिक कार्यक्रममा फेरि सहभागी हुन तयार भए

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ८:०,

चिकित्सकहरुले ट्रम्पमा कोरोनाविरुद्धको उपचारको प्रक्रिया पुरा भएको बताउँदै उनले चाँडै सार्वजनिक कार्यक्रममा सहभागी हुनसक्ने जनाए।

उपचारमा संलग्न डाक्टर सिन कोनलीका अनुसार उपचारका कारण ट्रम्पले धेरै राम्रो महसुस गरिरहेका छन् र उनको अवस्था स्थिर छ।

ट्रम्पले पनि हालै आफू चुनावी अभियानका लागि तयार भएको बताएका थिए। शुक्रबार नै ट्रम्पले अर्को कोरोना परीक्षण गराउने पनि जनाइएको छ।

ट्रम्प गतहप्ता कोरोना संक्रमित बनेका थिए। चारदिन अस्पतालको बसाईपछि ट्रम्प सोमबार ह्वाइट हाउस फर्केका थिए।

ह्वाइट हाउसमा रहँदा पनि उनी कोरोना पोजिटिभ नै छन्। यद्यपी आफू पुरै स्वस्थ भएको ट्रम्प बताउँछन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .