ad ad

समाज


डा. केसीका प्रतिनिधि भन्छन् : वार्ताका लागि प्रधानमन्त्री संवेदनशील हुनुभएन

डा. केसीका प्रतिनिधि भन्छन् : वार्ताका लागि प्रधानमन्त्री संवेदनशील हुनुभएन

नेपालखबर
असोज २३, २०७७ शुक्रबार ८:२,

 सरकारसँग वार्तामा रहेका डा. गोविन्द केसीका प्रतिनिधिहरुले वार्ताका लागि प्रधानमन्त्री केपी शर्मा ओली  संवेदनशील नभएको आरोप लगाएका छन्।

शुक्रबार बिहानै सुरु हुने भनिएको सरकार र डा. केसीका प्रतिनिधिबीचको वार्ता दिउँसो पौने २ बजेसम्म पनि सुरु हुन सकेको छैन। डा. केसीका प्रतिनिधिहरुले सरकारी टोलीले ढिलाइ गर्दा वार्ता हुन नसकेको बताएका छन्।

बिहीबार एकखालको सहमति गरेर थप छलफलपछि पुनः शुक्रबार वार्तामा बस्ने भनिएको भए पनि अहिलेसम्म वार्ता सुरु हुन नसकेको डा. केसीका तर्फबाट वार्ता टोलीमा रहेका ओमप्रकाश अर्यालले बताए।

‘हामीले हिजो (बिहीबार) एक किसिमको सहमति बनाएर उठेका हौँ’, हामीले डा. केसीसँग सरकारी टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग थप छलफल गरेर आज पुनः बस्ने भन्ने सहमति भएको हो’, नेपालखबरसँग कुरा गर्दै उनले भने, ‘हामी तयारी अवस्थामा छौँ, सरकारी टोलीका कारण ढिलाइ भइरहेको छ।’

उनले सरकारी टोलीले प्रधानमन्त्रीसँग छलफलका लागि समय नपाएको बताए। उनले सत्याग्रह २६ औँ दिनमा पुग्दा र डा. केसी मृत्युशय्यामा पुग्दा समेत प्रधानमन्त्री संवेदनशील नभएको आरोप लगाए।

‘उहाँ (डा. केसी) मृत्युशय्यामा हुनुहुन्छ तर प्रधानमन्त्री वार्ताका लागि संवेदनशील हुनुभएन’, उनले भने।

डा. केसी आमरण अनशन बसेको आज २६ दिन पुगेको छ। उनको स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएको छ।

दुबै वार्ता टोलीबीच धेरै कुरामा सहमति भइसके पनि केही विषयमा भने सहमति हुन बाँकी रहेको बताइएको छ।

विशेष गरेर त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) मा वरिष्ठता मिचेर नियुक्त डिन डा. दिव्यासिंह शाह र निर्देशक डा. दिनेश काफ्लेको बर्खास्तीमा पुगेर वार्ता रोकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .