ad ad

समाज


नेपालमा पहिलोपटक नुवाकोटकी सोमिकाले जन्माइन् एकै पटकमा पाँच शिशु

नेपालमा पहिलोपटक नुवाकोटकी सोमिकाले जन्माइन् एकै पटकमा पाँच शिशु

नेपालखबर
असोज १९, २०७७ सोमबार २३:४५,

नेपालमा पहिलोपटक नुवाकोटकी एक महिलाले एकै पटकमा पाँच शिशुलाई जन्म दिएकी छन्।

काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा २८ वर्षीया सोमिका तामाङले एकैपटकमा पाँच जना शिशुलाई जन्म दिएकी हुन्।

अस्पतालकी निर्देशक डा.संगिता मिश्राले पाँचमध्ये चार शिशु जीवित रहेको जानकारी दिइन्। एक शिशुको भने आमाकै पेटमा मृत्यु भएको पाइएको छ। जीवित सबै शिशु छोरी हुन्।

जन्मिएका शिशु आठसय ग्रामदेखि एक केजी ६ सय ग्रामसम्मका छन् । आठसय ग्रामको शिशुलाई भने आइसियुमा राखिएको छ। चार शिशु क्रमशः पहिलाको तौल १.८ किलोग्राम, दोस्रोको आठ सय ग्राम, तेस्राको १.९ किलोग्राम र चौथोको १.६ ग्राम छ।

अस्पतालका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदी नेतृत्वको चिकित्सक टोलीले सोमबार विहान शल्यक्रिया गरेपछि शिशुहरु जन्मिएका हुन्।

आमाको पेटमा पानी जमेकोले ३२ सातामा शल्यक्रिया गरेर शिशुहरु निकालिएको हो।

डा. मिश्राका अनुसार एक महिलाबाट पाँच शिशु विरलै जन्मन्छन्। उनका अनुसार एकै पटकमा पाँच शिशुको जन्म भएको यो नेपालकै पहिलो घटना हो। यसअघि नेपालमा एकैपटकमा चारजनासम्म शिशु जन्मिएका थिए। तामाङको दुई पटकसम्म गर्भ खेर गएको थियो।

अस्पतालका स्त्रीरोग विशेषज्ञ डा.कीर्तिपाल सुवेदीको नेतृत्वमा डा.दिप्ति श्रेष्ठ, डा.नमिता सिङ्देन र डा.मुकेश कुमारले शल्यक्रिया गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .