डा. गोविन्द केसीले ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका छन्।
अनसनरत केसीले आज ट्रमा सेन्टरबाट स्वेच्छिक डिस्चार्ज लिएका हुन्। दिउँसो ट्रमा सेन्टर पुर्याइका केसीले साँझ स्वेच्छिक डिस्चार्ज लिएका हुन्।
९ दिनदेखि अनसनरत केसी आज नै नेपालगञ्जबाट आएका थिए। उनी त्रिवि शिक्षण अस्पताल जान खोजेपनि प्रहरीले जबर्जस्ती ट्रमा सेन्टर पुर्याएको थियो।
केसीले शिक्षण अस्पतलमा आफूलाई भर्ना नगर्दासम्म कुनै परीक्षण गर्न नदिने र उपचार पनि नलिने अडान लिएपछि उनलाई आज नै शिक्षण अस्पताल सारिएको हो। केसीका समर्थकहरुले ‘वि आर विथ जिकेसी’, ‘डा केसी एक्ला छैनौं, हामी तिम्रो साथ छौं’ लगायतका नारा लगाएका थिए।
3
Shares
प्रतिक्रिया