जल तथा मौसम विज्ञान विभागले भोलि सेप्टेम्बर २१ रातिदेखि ५ दिनसम्म ठूलो वर्षाका साथै हावाहुरीको सम्भावनासमेत रहेको भन्दै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।
आइतबार साँझ ७ बजे विशेष मौसम बुलेटिन जारी गर्दै विभागले हाल उत्तरपूर्व बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्र पश्चिम उत्तर (पश्चिमतर्फ सर्ने क्रममा आगागमी ४-५ दिन नेपालका धेरै स्थानमा मेघगर्जन/चट्टयाङसहितको वर्षा तथा केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना देखिएको जानकारी दिएको हो।
साथै हावाहुरीसमेत आउने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ।
प्रतिक्रिया