सर्लाही प्रहरीले तीन हजार लिटरभन्दा धेरै घरेलु मदिरा नष्ट गरेको छ।
बरहथवा नगरपालिका–८ टाँडि र गोडैता नगरपालिका–५ रामवनमा विभिन्न व्यक्तिहरुको घरमा बनाइएको तीन हजार १८० लिटर भन्दा बढी मदिरा प्रहरीले नष्ट गरेको हो। घरेलु मदिरा उत्पादन गर्न प्रयोग गरिएका विभिन्न सामान समेत प्रहरीले बरामद गरेको छ।
प्रहरी नायब उपरिक्षक उद्धब सिहं भाटको कमाण्डको टोलीले बरहथवाका कैलाश साह र गोडैताका अरबिन्द्र साहको घरमा खानतलासी गरी मदिरा नष्ट गरेको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया