ad ad

समाज


सुर्यविनायक नगरपालिकाले सन्चालनमा ल्यायो घुम्ती स्वाब संकलन बुथ

सुर्यविनायक नगरपालिकाले सन्चालनमा ल्यायो घुम्ती स्वाब संकलन बुथ

नेपालखबर
भदौ २२, २०७७ सोमबार ९:३९,

भक्तपुरको सूर्यविनायक नगरपालिकाले घुम्ती स्वाब संकलन बूथ सञ्चालनमा ल्याई स्वाव संकलन थालेको छ।

नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणको जोखिमयुक्त वडा र टोलको पहिचान गरी आफ्नै स्वास्थ्यकर्मीको टोलीमार्फत् कन्ट्याक्ट ट्रेसिङ गर्दै टोलटोलमा स्वाब सङ्कलन अभियान शुरु गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमल ज्ञवालीले बताए।

उनले स्वाब सङ्कलन बुथ बनाएर टोलटोलमा गए छिटो र छरितो रुपमा स्वाब हुने भएकाले बुथ निर्माण गरिएको बताए।

नगरपालिकाले ट्रक र सामग्री उपलब्ध गराएपछि नेपाली सेनाको वीर दल गण सूर्यविनायकको प्राविधिक एवं जनशक्तिसहितको सहकार्यमा तीन दिनमा बुथ तयार पारिएको हो।

नगरपालिकाका सामाजिक विकास शाखाका अनुसार बुथबाट आइतबार पहिलो दिन १, २, ३, ६, ८, ९ र १० वडाका ९६ जनाको स्वाब सङ्कलन गरिएको छ। स्वाब सङ्कलनका लागि नगरपालिकाबाट सम्बन्धित वडाका वडाध्यक्षको नेतृत्वमा उपप्रमुख जुना बस्नेत, प्रमुख प्रशासकीय अधिकृत ज्ञवाली, स्वास्थ्य शाखाका प्रमुख वसन्त चापागाईंसहितको ६ सदस्यीय स्वास्थ्यकर्मीको टोली खटिने छन्।

No description available.

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बसन्तप्रसाद चापागाईका अनुसार अहिले कन्ट्रयाक्ट ट्रेसिङमा रहेकाहरुको स्वाव उनीहरुनै रहेको स्थानमा गएर संकलन गरिएपनि भविष्यमा समुदायको जोखिम क्षेत्रको परीक्षणका लागि पनि बुथको प्रयोग गरिने छ।

‘यसअघि हामी विभिन्न ४२ स्थानमा बुथबिनै स्वाब संकलन गर्यौ। त्यसरी विभिन्न ठाउँमा पुग्दा समय पनि बढी लाग्ने र संकलनका क्रममा जोखिम पनि बढी हुने हुन्छ,’ चापागाईले भने, ‘कन्ट्रयाक्ट ट्रेसिङमा पर्नुभएकाको स्थानमा छिटो पुग्न र सुरक्षित तरिकाले स्वाव संकलन गर्न बुथले सहयोग गरेको छ।’
नगरपालिकामा हालसम्म १७२ जना संक्रमित भेटिइसकेको र दैनिक संक्रमित थपिनेक्रम रहेकाले समुदायमा परीक्षण गर्ने योजना रहेको समेत उनले बताए।

उनले जोखिम क्षेत्र पहिचान गरि तरकारी बजार, भिडभाड हुने स्थानहरुको नमूना संकलनका लागि घुम्ती स्वाब संकलन बुथको प्रयोग हुने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .