स्थानीय स्तरबाट नभएर विदेशबाट फर्किएका व्यक्तिमा कोरोना देखिएको जनाइएको छ।
ताइवानको सेन्ट्रल इपिडेमिक कमान्ड सेन्टरले सोमबार दिएको जानकारी अनुसार नेपालबाट फर्किएका व्यक्तिमा कोरोना देखिएको हो।
नेपालबाट फर्किएका एक व्यक्तिमा कोरोना देखिएसँगै यहाँ कोरोना संक्रमितको संख्या ४९४ पुगेको छ।
अधिकारीहरुका अनुसार ताइवानमा सोमबार कोरोना पोजिटिभ देखिएका पुरष गत फेब्रुअरीमा नेपाल पुगेका थिए। उनी धार्मिक कार्यक्रमका लागि नेपाल गएका थिए।
उनी गत सेप्टेम्बर ३ मा मात्र ताइवान फर्किएका थिए। नेपालमा गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना देखिएको थिएन।
तर जब उनी ताइवान पुगे उनलाई १४ दिन क्वारेन्टिनमा बस्न भनियो। उनी त्यसबेलासम्म लक्षण विहिन थिए।
सेप्टेम्बर ५ देखि भने उनमा कोरोनाको लक्षणहरु देखिएको थियो। त्यहाँ गरिएको कोरोना परीक्षणमा उनमा कोरोना देखिएको बताइएको छ। ताइवान न्युज
प्रतिक्रिया